नियम ३
हेजिङग सुविधा उपलब्ध गराउन सकिने
(१) देहायका परियोजनाहरूको लागि हेजिङ्ग सुविधा उपलब्ध गराउन सकिनेछः-
(क) एकसय मेगावाट वा सोभन्दा बढी क्षमताको जलाशययुक्त वा अर्ध जलाशययुक्त विद्युत परियोजना,
(ख) दुई सय बीस के.भी. वा सो भन्दा बढी भोल्टेज लेभेलको तीस किलोमिटर भन्दा लामो विद्युत प्रसारण लाइनको निर्माण परियोजना,
(ग) दश किलोमिटर भन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माण परियोजना,
(घ) शुल्क लिई सञ्चालन गर्ने सडक, फ्लाईओभर, अण्डरपास, सिग्नेचर पुल वा सुरुङ्गमार्ग निर्माण तथा पचास किलोमिटर भन्दा लामो द्रुतमार्ग निर्माण परियोजना,
(ङ) अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थलको निर्माण तथा क्षमता विस्तार परियोजना,
(च) दुई अर्ब रुपैयाँभन्दा माथिको स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्रविधि, औद्योगिक पूर्वाधार र शहरी विकास सम्बन्धी पूर्वाधार परियोजना,
(छ) नेपाल सरकारले निर्णय गरी तोकेको अन्य परियोजना ।
(२) उपनियम (१) बमोजिमको हेजिङ्ग सुविधा कुनै परियोजनामा लगानी गरिने क्रणको सावाँ तथा ब्याजको रकमको लागि उपलब्ध गराइनेछ।
(३) उपनियम (१) बमोजिमको कुनै परियोजनामा गरिने विदेशी क्रण लगानीको हेजिङ्ग गर्ने भएमा हेजिङ्ग गरिने अनुमानित क्रण लगानीको अङ्क परियोजना स्वीकृति वा अनुमतिको लागि व्यावसायिक संस्थामा आवेदन गर्दा नै खुलाउनु पर्नेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै परियोजना स्वीकृत भई वा अनुमति प्राप्त गरिसकेपछि कुनै विदेशी क्रण प्राप्त गर्नु अघि नियम ८ बमोजिम हेजिङ्ग सुविधा प्राप्त गर्न निवेदन दिन सकिनेछ।
तर त्यस्तो परियोजनाको हेजिङ्ग शुल्क नियम ५ को उपनियम (२) बमोजिम नेपाल सरकारबाट ब्यहोरिने छैन।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि हरित पूर्वाधारमा लगानी गर्ने गरी बैङ्क तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय वित्त बजारमा त्र्रण उपकरण (ग्रिन वण्ड) जारी गरी वा अन्तर्राष्ट्रिय बैङ्क तथा बित्तीय संस्थासँग क्रण लिई अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेसियल ड्रइङ्ग राइट्स (एसडीआर) भित्र पर्ने विदेशी मुद्रामा कम्तीमा दुई करोड अमेरिकी डलर वा सो भन्दा बढी रकम बराबरको कारोबारमा हेजिङ्ग सुविधा उपलब्ध गराउन सकिनेछ। त्यसरी हेजिङ्ग सुविधा उपलब्ध गराइएकोमा नेपाल सरकारले हेजिङ्ग शुल्कको दश प्रतिशतसम्म ब्यहोर्न सक्नेछ र त्यस्तो हेजिङ्गको अवधि सात वर्षको हुनेछ।